लटिनाथलाई सुदूरपश्चिम विश्ववि‌द्यालयको आंगिक क्याम्पसका रूपमा घोषणा गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस ७ माघ २०८१ १०:५६
128
SHARES
लटिनाथलाई सुदूरपश्चिम विश्ववि‌द्यालयको आंगिक क्याम्पसका रूपमा घोषणा गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा दार्चुलाबाट आएको टोलीबीच आइतबार छलफल भएको छ।

छलफलमा दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित लटिनाथ क्याम्पसलाई सुदूरपश्चिम विश्ववि‌द्यालयको आंगिक क्याम्पसका रूपमा घोषणा गर्न विशेष पहल गर्न टोलीले मन्त्री भट्टराईसमक्ष अनुरोध गरेका थिए।

यसका लागि अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्थाका लागि सांसद बडूले अनुरोध गरे।

मन्त्री भट्टराईले विश्वविद्यालयले क्याम्पसको अभिभावकत्व ग्रहण गर्ने विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको र उच्च शिक्षा विधेयकमा यस विषयलाई सम्बोधन गर्न सकिने धारणा व्यक्त गरिन्। साथै विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम विश्ववि‌द्यालयसँग छलफल गरिनेसमेत उनले बताइन्।

त्यस क्षेत्रका वि‌द्यार्थीहरूको उच्च शिक्षाका लागि २०६९ सालमा लटिनाथ स्थापना भई मुख्य शैक्षिक केन्द्रका रूपमा स्थापित रहेको र आर्थिक रूपपमा कमजोर, पिछडिएका, जनजाती र शैक्षिक पहुँचबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको मन्त्री भट्टराईलाई जानकारी गराइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast