काठमाडौँ- क्यूएफएक्स सिनेमाजले फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को टिकट खुलाएको छ। यही शुक्रबार अर्थात् माघ ११ देखि प्रदर्शन हुने फिल्मको सोमबारदेखि नै टिकट खुलाएको हो।
नेपालकै पहिलो मल्टिप्लेक्स क्युएफएक्स सिनेमाजले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० सो दिएको छ।
उपत्यकाअन्तर्गतका हल भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल लबिम मलमा ४/४ सो छ। राइजिङ मलमा ३ सो र दरबार सिनेप्लेक्समा २ सो छ।
उपत्यकाबाहिर भाटभटेनी बुटवल, नारायणगढको सिजी मल, बिर्तामोडको वान स्टप, इटहरीको सिनेप्लेक्स, पोखराको ट्रेड मलमा ४/४ सो दिएको छ। त्यस्तै विराटनगर, नेपालगञ्जको बागेश्वरी, जलमा, दमौली, वीरगञ्जको स्काइलाइन मलमा ३/३ सो दिएको छ।
फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठ छन्। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र गौचन हुन्। फिल्ममा अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा बनेको छ।
फिल्ममा अन्य कलाकार सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिकामा देखिनेछन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्मातामा छन्।
अमर महर्जनको डीओपी रहेको फिल्म निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफीमा बनेको छ।