पुसमा घटे बिदेसिने युवा

हिमाल प्रेस ७ माघ २०८१ १२:१८
8
SHARES
पुसमा घटे बिदेसिने युवा वैदेशिक रोजगारीका लागि कोरिया हिँडेका नेपाली युवा त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ- पुसमा ६७ हजार २५८ जना नेपाल कामदार वैदेशिक रोजगारीमा गएका छन्। मंसिरभन्दा पुसमा १६ हजार ९ सय ६८ जना काम वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार मंसिरमा ८४ हजार २२६ जनाको वैदेशिक रोजगारीमा गएका थिए। यो हालसम्मकै उच्च थियो। पुसमा भने ठूलो संख्यामा कमी आएको छ।

पुसमा म्यानपावर कम्पनीमार्फत २९ हजार ३१६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना, श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार २ सय ३ जना तथा सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा ६५५ जनाको गएका विभागले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख ९३ हजार ६७ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ। यस चालु आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली कामदार यूएई रोजगारीका लागि गएका छन्। यूएईपछि साउदी अरब र कतार गएको विभागले जनाएको छ।

प्रकाशित: ७ माघ २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast