कालिमाटीमा सस्तियो साग, ४० मा पाइन्छ आलु [अरू कति?]

हिमाल प्रेस ७ माघ २०८१ ८:५७
8
SHARES
कालिमाटीमा सस्तियो साग, ४० मा पाइन्छ आलु [अरू कति?]

काठमाडौँ- कालिमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा गाँजर, आलु, काउलीसहितका तरकारीको मूल्य केही घटेको छ। करेला, भिन्डी सहितका तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ४०, भारतीय रातो आलु ३८, लोकल बन्दा २५, लोकल गाँजर ४५, तराईको गाँजर ३५, लोकल बन्दा २५, तराईको बन्दा १७ रुपैयाँ प्रतिकिलो छ।

स्थानीय काउली १५, तराईको काउली १७, मुला २५, लाम्चो भन्टा ३५, करेला १२५, लौका ५५, तराईको परबल ९५, हरियो फर्सी १५, भिन्डी १२५, स्कुस ४५, रायोको साग १५, कन्य च्याउ ७५, २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा २२, रातो आलु ४२, गाँजर ५५, लोकल बन्दा २२, तराईको बन्दा १७, स्थानीय काउली १७ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ७ माघ २०८१ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast