लालिगाको शीर्षमा रियल, एम्बाप्पेको २ गोल

हिमाल प्रेस ७ माघ २०८१ ७:४४
10
SHARES
लालिगाको शीर्षमा रियल, एम्बाप्पेको २ गोल

काठमाडौँ- पछिल्ला खेलमा लयमा देखिएको रियल मड्रिड लालिगाको शीर्षमा पुगेको छ। आइतबार राति लास पाल्मासलाई ४–१ हराउँदै रियल शीर्षमा पुगेको हो। अब रियलको ४६ अंक छ भने दोस्रोमा झरेको एट्लेटिको मेड्रिड ४४ अंकसहित दोस्रोमा छ। रियलको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे। एम्बाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे।

शनिबार लेगानेससँग १–० ले पराजित भएपछि एट्लेटिकोले १५ खेलको जितको कीर्तिमानी यात्रा टुंग्याएको थियो। एट्लेटिको रियलभन्दा दुई अंकले पछि परेको छ। शनिबार गेटाफेमा भएको खेलमा १–१ गोलको बराबरी खेलेको मड्रिडले तेस्रो स्थानको बार्सिलोनामाथि सात अंकको अग्रता बनाएको छ।

सान्टियागो बेर्नाबेउ रंगशालामा आइतबार खेलको पहिलो मिनेटमै फाबियो सिल्भाले पाल्मसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, विपक्षी डिफेन्डरले रोड्रिगोलाई फाउल गरेपछि एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ३६औं मिनेटमा रोड्रिगोको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे। उनको यो तीन खेलमा तेस्रो गोल हो।

प्रकाशित: ७ माघ २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast