प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई

हिमाल प्रेस ६ माघ २०८१ २१:२४
108
SHARES
प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसाललाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको छ।

उनलाई यही माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो।

गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast