रूपन्देहीमा रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि अदालत पेस

हिमाल प्रेस ६ माघ २०८१ १४:२५ | Sunday, January 19, 2025
रूपन्देहीमा रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि अदालत पेस

लुम्बिनी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न बुटवलस्थित सुप्रिम सहकारीसँग जोडिएको ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायरका लागि पेस गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार अदालतमा ठगी र संगठित अपराधका आरोपमा मुद्दा दायरका लागि अदालत पेस गरेको हो। सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पाैडेलले जानकारी दिए। लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गर्ने गरी अदालत पेस गरिएकाे छ। ‘हामीले मुद्दाका लागि अदालत पेस गरेका छाैं, अदालतमा अध्ययनपछि मुद्दा दर्ताकाे प्रक्रिया सुरु हुनेछ’ उनले भने।

रवि लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र सामूहिक रूपमा २ करोड गरी जम्मा ४ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। २ करोड रुपैयाँको ऋण लामिछानेको नाममा भएको एक भौचरबाट पनि पुष्टि भएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकमार्फत जम्मा भएको थियो।

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि गृहमन्त्री रहेको बेला रवि लामिछानेको नाम जोडिएको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो। त्यस समयमा १,८३१ बचतकर्ताबाट ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गरीएको थियो। लामिछानेविरुद्धको मुद्दामा कास्की र काठमाडौँ जिल्ला अदालतले भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रकाशित: ६ माघ २०८१ १४:२५ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast