नेपाललाई प्रतिनिधित्व गर्दै किरण चापागाईं अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा 

हिमाल प्रेस ६ माघ २०८१ १२:१३
72
SHARES
नेपाललाई प्रतिनिधित्व गर्दै किरण चापागाईं अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा 

काठमाडौँ- सद्भाव थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘अनुत्तर’ थाइल्याण्डको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छनोट भएको छ। नेपाललाई प्रतिनिधित्व गर्दै महोत्सवमा रंगकर्मी किरण चापागाईंलगायत नाटकका टिम सहभागी हुँदैछन्। नाटकमा रंगकर्मी चापागाईंकाे एकल प्रस्तुति  छ।

महोत्सव जनवरी २३ देखि २७ तारिख सम्म थाइल्याण्डको मोराडोक (माई थियटर) र फेब्रुअरी ७ देखि ९ सम्म बैंकक आर्ट्स एण्ड कल्चरल सेन्टरमा हुनेछ। महोत्सव थाइल्याण्डको समयानुसार साँझ ७ बजे ग्रान्डपा थिएटर हलमा सञ्चालन हुनेछ।

यसअघि नाटक सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा नियमित मञ्चन भएको थियो। नाटकका लेखक तथा निर्देशक राम के.ए.सी. हुन्।

नाटकमार्फत विदेशमा रुमलिएका युवाको एक्लोपनको कथा प्रस्तुत गरिएको छ। सुशीला लक्ष्मी महर्जनकाे सह-निर्देशन रहेकाे नाटकमा टीका भक्त जिरेलको प्रकाश र संगीत संयोजन छ।

प्रकाशित: ६ माघ २०८१ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast