भक्तपुरका सम्पदा सबै मिलेर जोगाउनुपर्छ : चिनियाँ राजदूत छेन सोङ

हिमाल प्रेस ६ माघ २०८१ १०:४४
6
SHARES
भक्तपुरका सम्पदा सबै मिलेर जोगाउनुपर्छ : चिनियाँ राजदूत छेन सोङ

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छेन सोङले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा सबै मिलेर जोगाउनुपर्ने बताएका छन्। ‘विश्व सम्पदा सूचीमा परेको यस क्षेत्र नेपालको प्रमुख पर्यटकीय केन्द्र हो। ५५ झ्याले दरबार यहाँको मुख्य आकर्षणका केन्द्रबिन्दुका रूपमा रहेको छ। यस्तो सम्पदाको सबै मिलेर संरक्षण गर्नुपर्छ’, उनले भने।

राजदूत छेनले शनिबार ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन्।

भक्तपुर दरबारले धार्मिक, सांस्कृतिक प्राचीन शिल्पकलासँग हस्तकलाको पहिचान बोकेको छेनले बताए। नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल–चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्य सुदृढ गर्ने, मानवीय सम्बन्ध थप प्रगाढ बनाउने र पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको जानकारी दिए।

राजदूत चेनका अनुसार दुई देशबीच भएका सहमति कार्यान्वयनका क्रममा भ्रमण वर्ष २०२५ आयोजना गरिएको हो।

‘सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवर्द्धनात्मक गतिविधि आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछौँ’, उनले भने, ‘यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ।’

प्रकाशित: ६ माघ २०८१ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast