भारतको कोलकत्ता अस्पतालमा भएको बलात्कार घटनामा रोय दोषी ठहर

हिमाल प्रेस ५ माघ २०८१ १९:१६
6
SHARES
भारतको कोलकत्ता अस्पतालमा भएको बलात्कार घटनामा रोय दोषी ठहर

काठमाडौँ– भारतको एक अदालतले कोलकत्ताकी महिला डाक्टरको बलात्कार र हत्याको घटनामा ३३ वर्षीय एक पुरुषलाई दोषी ठहर गरेको छ ।

गत अगस्तमा कोलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। उनको रगताम्य शव फेला परेको थियो।

घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कोलकत्ता र भारतका अन्य ठाउँमा प्रदर्शन गरेका थिएर चिकित्सकहरूको प्रदर्शनमा हजारौँ नागरिकले ऐक्यबद्धता जनाएका थिए।
चिकित्सकलाई बलात्कारपछि हत्या गरेको आरोपमा सञ्जय रोय पक्राउ परेका थिए। यो घटनामा अदालतले उनलाई शनिबार दोषी ठहर गरेको हो।

रोयविरूद्धको मुद्दामाथिको सुनुवाइ द्रूत गतिमा अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका छन्।

रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन्। फैसलापछि उनले भने, ‘मलाई फसाइएको छ।’

रोयलाई जेलको भ्यानले अदालत ल्याएको थियो। अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उनीविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए। रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमाले एएफपीसँग भनिन्, ‘यदि उसलाई मृत्युदण्ड दिइएन भने आम मानिसले न्यायपालिकामाथिको विश्वास गुमाउनेछन्।’

मृतक युवतीका बुबाले भने, ‘उसले हाम्रो छोरीको जीवनलाई क्रूरतापूर्वक अन्त्य गरेको छ। उ पनि त्यस्तै नियतिको हकदार हुनुपर्छ।’

एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका डाक्टरहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षाको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए।

मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।

प्रकाशित: ५ माघ २०८१ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast