काठमाडौँ- सशस्त्र प्रहरी बल धनुषाले हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
धनुषाको धनौजी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले एक भारतीय र एक नेपालीलाई हतियारसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय सीमावर्ती मधुबनी जिल्ला ग्राम पञ्चायत सिलानाथ बरहीका अन्दाजी २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका सीतानगरका २४ वर्षीय तेजकुमार महतो रहेका छन्।
उनीहरूको साथबाट एक था पेस्तोल, एक थान म्यागजीन र सोमा प्रयोग हुने एक थान गोली बरामद भएको सशस्त्र प्रहरी धनुषाका प्रमुख एसपी दर्शन गिरीले जानकारी दिए।
बीआर ३२ एडब्लू भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ परेको उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको एसपी गिरीले जानकारी दिए।
उनीहरूको साथबाट तीन हजार ४५ नगद र नशालु पदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ।