नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित

हिमाल प्रेस ५ माघ २०८१ १५:४८
12
SHARES
नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित

काठमाडौँ- आईसीसी यू १९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। मलेसियाको बांगाीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेशले १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।

बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन्। सुमैया अत्तरले १२ र अफिया असिमा इराले नौ रन जोडिन्।
बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एकरएक विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन्। त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान पूजा महतो दुई रनमा आउट भइन् भने अलिशा यादवले चार रन बनाइन्। यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन–तीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन्।

बंगलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एकएक विकेट लिए।
नेपालले आफ्नो दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन्। जै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ९ विकेटले पराजित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast