फेरि सर्‍यो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

हिमाल प्रेस ५ माघ २०८१ ७:२३
6
SHARES
फेरि सर्‍यो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौँ- अनेरास्ववियू क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन फेरि सरेको छ। आउँदो माघ १२ मा हुने भनिएको सम्मेलन माघ ८ सम्मलाई सारिएको निर्वाचन समितिले जनाएको छ।

समितिले शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै निर्वाचन तालिका हेरफेर गएिकोबारे जानकारी दिएको हो। नयाँ तालिका अनुसार माघ ८ गते मंगलबार बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उम्मेदवारी अर्थात् मनोनयन दर्ता गर्नु पर्नेछ। उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने भनिएको छ।

८ गते मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुने बताइएको छ। ९ गते जिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ भने सोही दिन ११ बजेपछि दाबी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ।

१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ।

माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ। प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: ५ माघ २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast