हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हिमाल प्रेस ४ माघ २०८१ १९:५२
22
SHARES
हिउँ पन्छाएर हवाई सेवा सञ्चालन हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको थियो। तस्बिर : दाने बोहरा/रासस

हुम्ला– हिउँ पन्छाएर सिमकोट विमानस्थलमा शुक्रबारदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ।

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए। बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो।

शुक्रबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो।

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए।

हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन्।

प्रकाशित: ४ माघ २०८१ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast