काठमाडौँ- प्रहरी प्रधान कार्यालयले प्रवक्ताको रूपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई जिम्मेवारी तोकेको छ।
यसअघि प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी थिए। एसएसपीबाट डीआईजीमा बढुवा भएपछि आचार्यको पदस्थापन प्रहरी महानिरीक्षकको सचिवालयमा भएको थियो। सचिवालयले आचार्यलाई प्रहरी प्रवक्ताको रूपमा जिम्मेवारी तोकेको हो।
प्रकाशित: ४ माघ २०८१ १५:२०
प्रतिक्रिया