बालेनले भने : तपाईँको सवारी साधनमा प्रदूषणको मात्रा धेरै भए मर्मत गराउनू

हिमाल प्रेस ४ माघ २०८१ ११:१०
12
SHARES
बालेनले भने : तपाईँको सवारी साधनमा प्रदूषणको मात्रा धेरै भए मर्मत गराउनू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधनको प्रदूषण जाँच सुरु गरेको छ। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेन्द्र साह (बालेन) ले सो जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘के तपाईँको सवारी साधनको अवस्था ठिक छ, प्रदूषणको मात्रा धेरै छ। अवस्था ठिक छैन भने सवारी साधनलाई मर्मत सरसफाइ गराउनु होला। हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँचगरि राखेको छौ।’

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ।

मेयर बालेनका अनुसार मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवार साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ। सन् १९८० सम्म उत्पादन भएका चार पांग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। तीन पांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) र सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्ने उनले लेखेका छन्।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अंक देखियो भने प्रदूषण मापदण्ड बाहिर हुने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast