कोइरालाको बेलायत भ्रमण : उठाए भूपू सैनिकको सेवासुविधाको विषय

हिमाल प्रेस ३ माघ २०८१ १९:४४
6
SHARES
कोइरालाको बेलायत भ्रमण : उठाए भूपू सैनिकको सेवासुविधाको विषय

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा छन्। त्यहाँ उनले विभिन्न उच्चस्तरीय भेटघाटहरू गरिरहेका छन्।

बिहीबार उनले नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकर, संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिन र बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्।

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा कोइरालाले बेकरसँग भूपू गोर्खा सैनिकहरूको सेवासुविधा समस्याको समाधान हुनुपर्ने, ब्रिटिस एअरवेजको लण्डन(काठमाडौँ सीधा हवाई उडान हुनुपर्ने, जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने र त्यसमा बेलायतले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

त्यस्तै बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन्। सो भेटघाटमा बेलायतका लागि कार्यवाहक राजदुत बिपिन दुवाडी पनि सँगै थिए।

यस्तै संसद् भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग पनि कोइरालाले भेटघाट गरे। भेटमा कोइराला र डकिनबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ।

संसद् भवनमै नेता कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग पनि भेटघाट गरे। भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको थियो। कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरेको सचिवालयले जनाएको छ।

साथै कोइरालासँग भेटेपछि बेलायती संसदको तर्फबाट नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरले बेलायतको संसदमा नेपालबारे आफ्नो धारणा राखेको कोइरालाको सचिवालयको दाबी छ।

प्रकाशित: ३ माघ २०८१ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast