सरकारले संविधानको मर्म विपरित अध्यादेश ल्यायो : प्रचण्ड

हिमाल प्रेस ३ माघ २०८१ १८:३७
12
SHARES
सरकारले संविधानको मर्म विपरित अध्यादेश ल्यायो : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन्।

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैको चिन्ता संविधान, समावेशिता र संघीयताको संरक्षण गर्ने हुनुपर्नेमा उल्लेख गरे।

सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो। ‘सदन छलेर अध्यादेश ल्याउनु उचित होइन,’ प्रचण्डले भने।

सरकारले संविधान र लोकतन्त्रको मर्मविपरीत अध्यादेश ल्याएको उनको आरोप थियो। संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न प्रचण्डले सरकारसँग आग्रह गरे।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने अध्यक्ष दाहालले बताए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ३ माघ २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast