निजामती सरह नै शिक्षकको ग्रेड मिलान पत्र अर्थ मन्त्रालय पठाइयो

हिमाल प्रेस ३ माघ २०८१ ११:४६
1.0k
SHARES
निजामती सरह नै शिक्षकको ग्रेड मिलान पत्र अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निजामती सरह नै शिक्षकको ग्रेड मिलान पत्र अर्थ मन्त्रालय पठाइयो बताएकी छन्। मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत सम्मबोधन गर्ने गरी अर्थ मन्त्रालयलाई पत्र पठाइएको बताइन्।

उनले भनिन्,‘निजामती कर्मचारीको सरह नै शिक्षकको ग्रेड मिलान गर्नका लागि अर्थ मन्त्रालयलाई पत्र पठाइसकिएको छ। आगामी बजेटमार्फत यसलाई सम्बोधन गर्ने गरी शिक्षा मन्त्रालयले काम गरिरहेको छ। अबको बजेटबाट यसको कार्यान्वयन हुन्छ।’

उनले निजामती कर्मचारीले स्वास्थ्य उपचारमा जति छुट पाउँछन् शिक्षकले पनि देशभरका सरकारी अस्पतालमा त्यति नै छुट पाउने व्यवस्था गर्न लागिएको बताइन्।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग भएको छलफलमा निजामती कर्मचारीहरूलाई सरकारी अस्पतालमा स्वास्थ्य उपचारका लागि दिइएको ४० प्रतिशतम्मको छुट अनुसार शिक्षकलाई पनि त्यति नै छुट दिने गरी समझदारी भएको बताइन्।

भट्टराई शिक्षामन्त्री भएर आएपछि शिक्षकलाई स्वास्थ्य उपचारमा छुट दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रायसहितको पत्र पठाएकी थिइन्।

प्रकाशित: ३ माघ २०८१ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast