काठमाडौँ- भारतीय महिला क्रिकेट टिमले आयरल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान बनाएको छ।
गुजरातको राजकोटमा तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीयमा भारतले आयरल्यान्डलाई ३०४ रनको अन्तरले पराजित गर्दै कीर्तिमान बनाएको हो। एकदिवसीयमा भारतीय महिला क्रिकेट टिमका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो।
पहिले ब्याटिङ गरेको भारतले आयरल्यान्डसामू ४३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आयरल्यान्ड १३१ रन बनाएर अलआउट भयो।
भारतका लागि कप्तान स्मृति मन्धानाले १३५ र प्रतीका रावलले १५४ रन बनाइन्। मन्धानाले ७० बलमा सतक बनाएकी थिइन्। एकदिवसीय क्रिकेटमा छिटो सतक बनाउने उनी पहिलो महिला खेलाडी बनेकी छन्।
भारतको तर्फबाट बलिङ गर्दै दीप्ति शर्माले तीन र तनुजा कँवरले दुई विकेट लिइन्। योसँगै भारतले आयरल्यान्डविरूद्ध तीन म्याचको श्रृंखला ३–० ले जितेको छ।