काठमाडौँ- रक्तचन्दनसहित काठमाडौँको पेप्सीकोलाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले जानकारी दिए।
मंगलबार साँझ काठमाडौँ महानगरपालिका-१४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
‘विशेष सुराकीको आधारमा छापा हान्दा चारसय ३२ किलो रक्तचन्दन भेटियो,’ उनले भने,’भारतबाट ल्याएर तिमल्सिनाको भाडाको कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित: २ माघ २०८१ १३:२८
प्रतिक्रिया