काठमाडौँ- काठमाडौँमा चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
प्रकाशित: २ माघ २०८१ ७:०८
प्रतिक्रिया