काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। आज मधेशबाहेक अन्य प्रदेशमा दिउँसो घाम लाग्ने र राति हिउँ पर्ने सम्भावना छ। मधेशमा भने बेलुका पनि मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रकाशित: २ माघ २०८१ ६:३८
प्रतिक्रिया