काठमाडौँ- काठमाडौँको तापक्रम झनै चिसिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।
सोमबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस भएको थियो। गत मंगलबार काठमाडौँको न्यूनतम तापक्रम मंगलबार ७ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बुधबार ६.३, बिहीबार ४.५, शुक्रबार ४.६ र शनिबार ५.७ र आइतबार र सोमबार ५ डिग्री सेल्सियस मापन भएको थियो।
प्रकाशित: १ माघ २०८१ ९:१२
प्रतिक्रिया