‘भारतीय ट्रकको भार मापनमा लापरबाही गर्दा दुम्कीबासको पुल भाँचियो’

हिमाल प्रेस २९ पुष २०८१ १६:१२
12
SHARES
‘भारतीय ट्रकको भार मापनमा लापरबाही गर्दा दुम्कीबासको पुल भाँचियो’ भाँचिएको पुल । तस्बिर : शंकर आचार्यको फेसबुकबाट। फाइल तस्बिर।

काठमाडौँ- नेपाल ट्रक यातायात व्यवसायी महासंघले सम्बन्धीत निकायले भार मापनमा लापरबाही गर्दा बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा पुल भाँचिएको आरोप लगाएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले अत्याधिक भारवहन गरी भारतीय ट्रक सञ्चालन हुँदा दुम्कीबासमा रहेको विनय खोलाको पुल भाँचिएको भन्दै भार मापनमा लापरबाही गर्ने निकायलाई कारबाही गर्न समेत माग गरेको हो।

भारवहन नियमनसम्बन्धि कार्यविधि २०७१ (संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणीत कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उलंघन गरेको महासंघको भनाइ छ। महासंघले भारतीय मालबहाक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाएर ७२ घन्टे प्रवेश पास खारेज गर्न माग गरेको छ।

त्यस्तै मालवहाक सवारी साधन भारवहन नियमन सम्बन्धी कार्यविधि २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँको भनाइ छ।

त्यस्तै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानुनले तोकेको भारवहनभन्दा बढी माल बस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेबार बनाइनुपर्ने महासंघले जनाएको छ। नेपालका जीर्ण पुल र जोखिमयुक्त सडकहरूमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राख्न पनि महासंघले सुझाव दिएको छ।

यहि पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा विनय खोलाको पुल भाँचिएको थियो। पुल भाँचिएपछि अस्थायी बाटो बनाएर आवतजावत गराइएको छ।

दुम्कीवासमा विनय खोला पुल भाँचियो

 

प्रकाशित: २९ पुष २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast