५६ जिल्लामा भूमि आयोग गठन [अध्यक्षको नामावलीसहित]

हिमाल प्रेस २९ पुष २०८१ १४:३९
36
SHARES
५६ जिल्लामा भूमि आयोग गठन [अध्यक्षको नामावलीसहित]

काठमाडौँ- सरकारले ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरूमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन्।

आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी गरिएको छ। यसरी नियुक्त भएकामध्ये कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन्। बाँकी २१ जिल्लाका अध्यक्षहरू भने नियुक्त हुनै बाँकी छ।

कोशीको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, बाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुीक्त बाँकी छ।

सत्तारुढहरू दलहरूबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएका थिए।

नियुक्त भएका जिल्ला अध्यक्षहरूमा काठमाडौंमा कागेश्वरी मनोहराका कृष्णजी खड्का, भक्तपुरमा सूर्यविनायकका दीपक विसुङ्खे, ललितपुरमा गोदावरीका गणेश कुमार आचार्य, रुपन्देहीमा वुटवल १२ का कुमार थापामगर छन्। यी जिल्ला सुकुम्बासी समस्या भएका प्रमुख जिल्ला मानिन्छन्। चितवन, मकवानपुर लगायत जिल्लामा पनि यस्तो समस्या धेरै छ, यद्यपि ती जिल्लामा आयोग गठन हुन बाँकी छ।

हेर्नुस् सूची 

प्रकाशित: २९ पुष २०८१ १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast