इन्जिनियरको अवैध सम्पत्ति नै ४ करोड ८८ लाख भेटिएपछि…

हिमाल प्रेस २९ पुष २०८१ ९:२१
14
SHARES
इन्जिनियरको अवैध सम्पत्ति नै ४ करोड ८८ लाख भेटिएपछि…

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ। इन्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो।

वैधानिक रूपमा श्रेष्ठले ११ करोड २५ लाख ६५ हजार १९९ बराबरको आर्जन गरेको पाइएको छ । १६ करोड १३ लाख ९५ हजार ५२८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ। चार करोड ८८ लाख ३० हजार ३२९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ।

सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ।

गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आयोगले श्रेष्ठ र उनको परिवारविरुद्ध चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको बिगो कायम गर्दै गैरकानुनीरुपमा आर्जन गरेको सम्पति जफत एवम् असूल उपर गर्नुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको हो। रासस

प्रकाशित: २९ पुष २०८१ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast