रहेनन् हिमालहिमाल पुगेर फोटो खिच्ने फोटोग्राफर चुङ्बा

हिमाल प्रेस २९ पुष २०८१ ६:३५
32
SHARES
रहेनन् हिमालहिमाल पुगेर फोटो खिच्ने फोटोग्राफर चुङ्बा

काठमाडौँ- चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका-१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे।

उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन्।

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।

प्रकाशित: २९ पुष २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast