संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : प्रदीप ज्ञवाली

हिमाल प्रेस २८ पुष २०८१ १४:१४
22
SHARES
संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताए।

उनले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौति गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे। उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेश हुने र पारित नभए स्वतःनिष्क्रिय हुने बताए। उनले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताए। अध्यादेश संसदलाई अवज्ञा गर्नेगरी नभइ आवश्यकताको महशुस गरेर ल्याइएको बताए।

उपमहासचिव ज्ञवालीले भने,’नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ। सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ। त्यो चाहीँ पाल्र्यामेण्टको अधिकारलाई कटौति गरेको होइन। सदनको पहिलो बैठकमै अध्यादेशहरू टेबुल हुन्छन् र यदी पाल्र्यामेण्टले रिजेक्ट गर्यो भने त्यो विधेयक स्वतः निष्क्रिय हुन्छन्। हामी कहाँ कतिपय कानूनहरू बन्न तीन वर्ष, चार वर्ष लाग्ने गर्दछ।’

उपमहासचिव ज्ञवालीले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए।

प्रकाशित: २८ पुष २०८१ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast