पाँच महिनामा ४.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, पुग्यो ६ खर्ब ४० अर्ब ४३ करोड

हिमाल प्रेस २६ पुष २०८१ १७:५९
12
SHARES
पाँच महिनामा ४.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, पुग्यो ६ खर्ब ४० अर्ब ४३ करोड

काठमाडौँ- चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्टस ४.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको बैंकले जनाएको छ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २६ पुष २०८१ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast