काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने धरौटी बुझाएर कास्की जिल्ला अदालतबाट निस्किएका छन्। उनले बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएका हुन्।
जिल्ला अदालत कास्कीले उनलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।
अदालतबाट निस्केपछि उनलाई स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगिएको छ।
लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रकाशित: २५ पुष २०८१ २१:२२
प्रतिक्रिया