काठमाडौँ- प्रहरीले बाराबाट लागुऔषध गाँजासहित तीन भारतीयलाई नियन्त्रणमा लिएको छ। प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रष्टोकाबाट बेलहियातर्फ आउँदै गरेको भारतीय प्लेट नम्बर युपी ३२ बीएक्स ४७२६ नम्बरको जीपलाई चेकजाँच गर्दा १० केजी गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
पक्राउ पर्नेमा जीप चालक उत्तर प्रदेश कुशीनगर थाना पटेर्वा ग्राम पञ्चायत जबरा बजार बस्ने धर्मेन्द्र गुप्ता, जीपमा सबार उत्तर प्रदेश शिवान थाना नौतन ग्राम पञ्चायत सेमराका चन्द्रभान कुशवाहा र लखनऊ नगरपालिका सरोजनीनगर एण्ड डेए कलोनी बस्ने चन्द्रभान श्रीवास्तव रहेको उनले बताए।
गाडीसहित नियन्त्रणमा रहेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।