रवि लामिछाने धरौटीमा रिहा, काठमाडौँ अदालतमा आफैं उपस्थित हुने

हिमाल प्रेस २५ पुष २०८१ २०:०८
32
SHARES
रवि लामिछाने धरौटीमा रिहा, काठमाडौँ अदालतमा आफैं उपस्थित हुने रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन्। रविले ६५ लाख बैंक धरौटी बुझाएर रिहा भएका हुन्।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार लामिछानेलाई पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रक्रिया पुर्‍याएर प्रहरीले परिवारलाई जिम्मा लगाउनेछ।

प्रकाशित: २५ पुष २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast