पोखरा – कास्की अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा थिए।
उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो।
प्रकाशित: २५ पुष २०८१ १८:०२
प्रतिक्रिया