काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ अन्तर्गत त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा टुंगिएको छ। जनकपुरधामको रामजानकी क्रिकेट मैदानमा भएको खेल बराबरमी टुंगिएको हो।
त्रिभुवन आर्मी क्लबले पहिलो इनिङमा पाँच विकेट गुमाएर २७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको बागमती प्रदेशले ९ विकेटको क्षतिमा दुई सय रन बनाएर पारी घोषित गर्यो।
दोस्रो इनिङमा त्रिभुवन आर्मी क्लबले ८ विकेट गुमाउँदै १२७ रन बनाएर डिक्लेयर गरेको थियो। २०४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले दोस्रो इनिङको खेल सकिँदासम्म पाँच विकेटको क्षतिमा ८० रन बनायो।
योसँगै त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशको २–२ खेल बराबरीमा टुंगिएको छ। पहिलो इनिङमा त्रिभुवन आर्मी क्लबका लागि इमरान शेखले ७२, त्रितराज दासले ४४ र बासिर अहमदले ५३ रन बनाएका थिए।
त्यस्तै बागमती प्रदेशका लागि नन्दन यादवले ५१, उत्तम मगरले २८, शुभ कन्सकारले ३४ रन बनाएका थिए।