लेखासमितिका सभापतिका पूर्वस्वकीयलाई पाँचदिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २५ पुष २०८१ १६:५८
12
SHARES
लेखासमितिका सभापतिका पूर्वस्वकीयलाई पाँचदिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजजालसे पोखरेललाई पाँच दिन म्याद थप गरेको हो। ठगी आरोप लागेका पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ।

सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। सो मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेशले यही पुस १९ गते अनिललाई आफ्नो स्वकीय सचिवबाट निष्कासन गरेका थिए।

प्रकाशित: २५ पुष २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast