जय ट्रफी : नेपाल प्रहरी क्लबसँग मधेश पराजित

हिमाल प्रेस २५ पुष २०८१ १६:०६
8
SHARES
जय ट्रफी : नेपाल प्रहरी क्लबसँग मधेश पराजित

काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेटमा नेपाल प्रहरी क्लबसँग मधेश प्रदेश पराजित भएको छ। बीरगञ्जको नारायणी मैदानमा भएको खेलमा मधेश प्रदेश ३५ रनले पराजित भएको हो।

खेलको दोस्रो दिन तीन विकेटको क्षतिमा १७४ रनबाट खेल्न सुरू गरेको प्रहरी क्लबले २५८ रन बनाएर डिक्लेयर गर्‍यो। यो योगफलसम्म पुग्न प्रहरीले क्लबले एकमात्र विकेट गुमायो।

प्रहरी क्लबले प्राप्त गरेको १२९ रनको अग्रता पछ्याउने क्रममा मधेश प्रदेश सबै विकेट गुमाएर केवल ९४ रन बनाउन सक्यो।

प्रहरी क्लबका लागि कुशल भुर्तेलले सर्वाधिक ६३ रन बनाए। त्यस्तै उनले पहिलो इनिङमा २ र दोस्रो इनिङमा ५ विकेट लिए। भुर्तेल ‘प्लेयर अफ द म्याच’ घोषणा भए।

त्यस्तै दिलिप नाथले ४०, अमित श्रेष्ठले ३५, गुलशन झाले २०, आरिफ शेखले ४०, अर्जुन साउदले २२ र शंकर रानाले ३१ रन बनाए।

यसअघि मधेश प्रदेशले पहिलो इनिङमा १२९ रन बनाएको थियो। मधेशका लागि मयन यादवले ५९ र निरज यादवले २९ रन बनाएका थिए।

दोस्रो इनिङमा मधेश प्रदेशका लागि मयन, हिमान्सु दत्त र विशाल पटेलबाहेक अरू कुनै पनि ब्याटरले दोहरो अंकमा रन जोड्न सकेनन्। मयनले २२, हिमान्सुले १७ र विशालले २७ रन बनाए।

प्रकाशित: २५ पुष २०८१ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast