काठमाडौँ – काठमाडौँमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि र ईटीएसआइपीएलको संयुक्त आयोजनामा १० औँ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुन लागेको हो।
प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा माघ ४ देखि ६ गतेसम्म आयोजना हुने आयोजकले जनाएका छन्।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका सयभन्दा बढी स्टल रहने छन्। फर्निचर, प्लाइउड तथा काठ औचारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धी उत्पादनबारे जानकारी गराउने छन्।
१० औँ संस्करणमा नयाँ प्रविधि र सामग्री प्रदर्शनीमा राखिने आयोजकको भनाइ छ। अवलकोनकर्ताहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हर्ने पाउने आयोजक संस्थाले बताएको छ।