इजलासमा रविको आग्रह : मलाई छोडिदिनुस्, बाहिर बसेर सहकारीपीडितलाई न्याय दिन लड्छु

हिमाल प्रेस २५ पुष २०८१ १४:५७
14
SHARES
इजलासमा रविको आग्रह : मलाई छोडिदिनुस्, बाहिर बसेर सहकारीपीडितलाई न्याय दिन लड्छु रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन्। बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन्। उनले न्यायाधीशसमक्ष हरेकपटक तारेखमा आउँदा सहकारीपीडितको रिपोर्ट लिएर आउने बताएका छन्।

‘म सूर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अंग पनि बनेको छ,’ लामिछानेले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के-के गरेँ भन्ने रिपोर्टसहित आउनेछु।’

बिहीबार केही समयअघि मात्र सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएको छ। त्यसपछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए। लामिछानेले सो क्रममा आफूलाई छोड्न अनुरोध गरेका हुन्।

लामिछानेले धेरै बेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका थिए। जबाफमा लामिछानेले भने, ‘म पीडित भएकोले धेरै समय बोल्न परेको हो श्रीमान्।’

प्रकाशित: २५ पुष २०८१ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast