पैसा नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटियो

हिमाल प्रेस २५ पुष २०८१ १३:२९
38
SHARES
पैसा नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटियो

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले सत्तारुढ नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयको बिजुली बत्तीको लाइन काटिदिएको छ। लगातार बिजुली बत्ती उपभोग गरेको ९० दिनसम्म पनि शुल्क नतिरेपछि बत्तीको लाइन काटिएको हो। लाइन आज बिहीबार बिहानदेखि काटिएको हो। विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काटिदिएको छ। संसद् सचिवालयका अनुसार प्राधिकरणलाई ६५ हजार रुपैयाँ बिजुलीको बिल तिर्नबाँकी छ। संसद् सचिवालयले आजै पैसा बुझाइने पनि बताएको छ।

प्रकाशित: २५ पुष २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast