काठमाडौँ- गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमकाे प्रोमो सार्वजनिक भैसकेकाे छ।
छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, लोक गायक खेम सेञ्चुरी र गायिका मेलिना राई छन्। कार्यक्रम हिमालय टिभीमा साताकाे दुई दिन शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। त्यस्तै राती साढे ८ बजे भ्वाइस अफ नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिनेछ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी मध्येबाट १ सय २० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभा ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि ब्याटल, नकआउट र लाइभ राउण्ड हुँदै भोटआउटको आधारमा विजेता घोषणा गरिनेछ।
सुशील नेपालले सञ्चालन गर्ने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल हुन्।