वायु सेवा निगमका समस्या सुधारका लागि सांसद खनालको संयोजकत्वमा अध्ययन समिति

हिमाल प्रेस २५ पुष २०८१ १२:११
18
SHARES
वायु सेवा निगमका समस्या सुधारका लागि सांसद खनालको संयोजकत्वमा अध्ययन समिति शिशिर खनाल

काठमाडौँ- नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्नका लागि उपसमिति गठन गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो।

समितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल छन्। समितिका निर्णयहरूबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायु सेवा निगम अध्ययन उपसमितिले एक महिनाभित्रमा प्रतिवेदन पेस गर्ने बताए।

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन पनि दिएको छ।

सभापति यादवले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)बारे पनि अध्ययन गर्न अर्को बैठकबाट उपसमिति बनाएर अध्ययन गरिने बताए।

प्रकाशित: २५ पुष २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast