अझै घट्यो काठमाडौँको तापक्रम, आज कति?

हिमाल प्रेस २५ पुष २०८१ ७:२९
10
SHARES
अझै घट्यो काठमाडौँको तापक्रम, आज कति?

काठमाडौँ- काठमाडौँमा हिजो अस्तिको तुलनामा बिहीबार बिहान बढी चिसो महसुस भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महसुस भएको हो।

मौसम विभागका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। यो भनेको बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो। बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।

रातिको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम केही घटेको छ। आज दिनभरि काठमाडौँको मौसम सफा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ। बिहीबार काठमाडौंमा अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।

प्रकाशित: २५ पुष २०८१ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast