काठमाडौँ- मंगलबार बिहान तिब्बतको दिंगी केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको परकम्प आउनेक्रम अझै रोकिएको छैन।
साना-ठूला परकम्प जानेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बुधबार बिहान ९:२० सम्म ६१६ वटा परकम्प गएको छ । यी परकम्प २ देखि ५.७ म्याग्निच्युडसम्मका छन् ।
बुधबारसम्म प्रत्येक आधा घाण्टामा १० वटाका दरले परकम्प गएको केन्द्रले जनाएको थियो ।मंगलबार बिहान ६ : ५० बजे तिब्बतको दिंगी केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित: २५ पुष २०८१ ७:०७
प्रतिक्रिया