उद्योग वाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधि बने दुर्गा

हिमाल प्रेस २४ पुष २०८१ १५:५३
34
SHARES
उद्योग वाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधि बने दुर्गा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ। महासंघले नेपाल र चीनबीचको व्यापार तथा सम्बन्धलाई सुदृढ बनाउन अंगाईले योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको जनाएको छ।

अंगाईले नेपालको व्यापार र लगानी बढाउन महत्वपूर्ण योगदान दिएकाे पत्रमा उल्लेख छ। अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ।

महासंघले संयुक्त  व्यापार उद्यम, सहयोगी परियोजनाहरूको लागि थप सम्भावना बढेको पनि उल्लेख गरेको छ।

प्रकाशित: २४ पुष २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast