फिल्म प्रदर्शन गर्न चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य

हिमाल प्रेस २४ पुष २०८१ १४:०७
6
SHARES
फिल्म प्रदर्शन गर्न चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य

काठमाडौँ- अब नेपाली फिल्म प्रदर्शन गर्न निर्माताले अनिवार्य रुपमा चलचित्र संघ र निर्माता संघको सदस्यता लिनुपर्ने भएको छ। यी दुई संघको तर्फबाट मंगलबार बसेकाे कार्यदल बैठकले यस्तो निर्णय गरेको हो।

कार्यदलले यस्तो सहमति जुटाएको निर्माता संघका तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले बताए। चलचित्र संघको तर्फबाट कार्यदलको संयोजकमा गोपालकाजी कायस्थ छन्।

कार्यदलको निर्णयअनुसार सदस्यता लिन सात हजार लाग्ने छ।  भने वार्षिक नवीकरणका लागि तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

सदस्यता लिएपछि हलमा १४ दिन बिनाशुल्क फिल्मको ट्रेलर बजाइदिने घोषणा गरेको छ। साथै निर्माता र हलसञ्चालकले ५०/५० प्रतिशत सेयर पाउने निर्णय पनि लागू गर्नेतर्फ पनि यी संघ जुट्ने छ। सेयरकाे विषयमा गतवर्षदेखि लागू भएको थियाे।

प्रकाशित: २४ पुष २०८१ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast