भूकम्पीय पराकम्पका कारण हिमताल फुट्ने जोखिम

हिमाल प्रेस २४ पुष २०८१ ९:२६
16
SHARES
भूकम्पीय पराकम्पका कारण हिमताल फुट्ने जोखिम यसअघि हिमपात फुटेको बाढीमा परिणत भएको थामे क्षेत्र। फाइल तस्बिर

काठमाडौँ- चीन र नेपालको मध्यक्षेत्रलाई केन्द्र बनाएर आएको भूकम्पको पराकम्पका कारण हिमपात फुट्ने जोखिम बढेको छ। मंगलबार बिहान मात्रै चीनको तिब्बत केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण हिमपातको जोखिम बढेको अधिकारीहरूले चासो राखेका छन्।

नेपालका हिमाली क्षेत्रमा सयौँका संख्यामा हिमताल भए पनि दुई वटामा मात्र पूर्वसूचना प्रणाली छ। त्यसबाहेकका करिब दुई दर्जन हिमतालमा बेलाबखत निगरानी हुन्छ। तीसहित बाँकीमा विपद् आउँ ला भनेर चनाखो रहनबाहेक अन्य विकल्प छैन।

जल तथा मौसम विज्ञान विभागको हिमसर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थ भन्छन्, ‘हामीले गर्न सक्ने केही हुँदैन। हिमताल नै निगरानी गरेर बस्ने हाम्रो अत्याधुनिक प्रणाली छैन।’

सोलुखुम्बु जिल्लाको खुम्बु उपत्यकामा पर्ने इम्जा हिमताल र दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा हिमतालमा मात्र नियमित रूपमा निगरानी र त्यसको सतहको सन्तुलन मिलाउने गरिएको छ।

‘ती हिमतालमा स्वचालित रूपमा क्यामराबाट निगरानी र तल्लोतटीय क्षेत्रमा जल सतह मापन गर्ने सेन्सरहरू छन्। त्यसकै भरमा पूर्वसूचना दिने गरिन्छ,’कायस्थ भन्छन्। थप चारवटा ताल (थुलागी, तल्लो वरुण, होङ्गु टू र लुम्दिङच्छो)मा निगरानी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको विभागका अधिकारीहरू बताउँछन्।

यता अर्का एक हिमताल विज्ञ पनि नेपालको उच्च पर्वतीय क्षेत्रमा देशैभर हिमताल रहे तापनि पूर्वी जोखिम उच्च रहेको औँल्याउँछन्।

हिमनदी तथा हिमतालहरूको नक्सांकन तथा निगरानी कार्यमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)का भूगर्भशास्त्री सुदनविकास महर्जन त्यस्तो जोखिम नेपालका मात्र नभएर तिब्बतदेखिका हिमतालबाट हुनसक्ने चेतावनी दिन्छन्। रासस

प्रकाशित: २४ पुष २०८१ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast