जनआक्रोशबाट मुक्ति पाउन प्रदेशलाई अपजस बोकाइयो : गगन थापा

हिमाल प्रेस २३ पुष २०८१ १९:१५
12
SHARES
जनआक्रोशबाट मुक्ति पाउन प्रदेशलाई अपजस बोकाइयो : गगन थापा

पाटन (ललितपुर)- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताएका छन्।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा आज (मंगलबार) यहाँ भएको ‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक कार्यक्रममा उनले संघबाट प्रदेश र स्थानीय तहलाई कानुन र कार्ययोजना बनाएर कानुनअनुसार काम गर्ने गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए।

‘जनआक्रोशबाट मुक्ति पाउन सजिलोका लागि प्रदेशलाई अपजस बोकाउने काम भइरहेको छ, यो गलत छ। संघीयता सबलीकरणका लागि संघीय संसदबाट सहजतापूर्वक कानुन बन्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘यसका लागि संसद्मा भएका विधेयकलाई चैत महिनाभित्र पारित गर्ने र बाँकी कानुनहरू संसद्मा पेस गर्नका लागि दलहरूको समूह बनेको छ।’

उनले सबै तहका सरकारले तीन वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। रासस

प्रकाशित: २३ पुष २०८१ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast