नसच्चिए पाण्डे र तिमल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने ओलीको चेतावनी

हिमाल प्रेस २३ पुष २०८१ १८:४३
182
SHARES
नसच्चिए पाण्डे र तिमल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने ओलीको चेतावनी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वका बेला १०/१२ जना लगाएर आफूविरुद्ध नारा लगाउन लगाएको आरोप लगाएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको केन्द्रीय कमिटीको आठौँ बैठकको समापन समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले केही व्यक्ति लगाएर ‘केपी चोर देश छोड’ भन्ने नारा लगाउन लगाइएको बताएका हुन्।

यस्तै उनले भीम रावलले एमाले पार्टीको पक्षमा कहिल्यै नबोलेको तर पार्टीविरुद्ध मिडिया, टीभी, सामाजिक सञ्जाल फेसबुक, युट्युब आदिको माध्यमबाट धम्क्याउने, गाली गर्ने गरेको बताए। रावल झगडा गरेर अरूलाई धम्काएर खान सिपालु मान्छे भएको समेत उनको भनाइ थियो।

‘भीम रावलको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उहाँ देखा समेत पर्नुभएन,’ प्रधानमन्त्री ओलीले भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’

बैठकमा केन्द्रीय सदस्यहरूले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता गर्न सुझाव दिएका थिए। ‘पिलो निचोरिँदैमा वजन नघट्ने’ भन्दै ओलीले कारबाही पुनर्विचार/पुनरावलोकन नहुने बरू उनीहरूलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिएका थिए।

त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना पनि नसच्चिए उनीहरूलाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनीसमेत उनले दिए।

प्रधानमन्त्री ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको बताए। ‘म सन्तान नभएकोलाई किन चाहियो पैसा? म बिरामी मान्छे पनि हुँ कति बेला के हुन्छ थाहा छैन,’ उनले भने।

प्रकाशित: २३ पुष २०८१ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast