काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार पाँचौँ दिन वृद्धि भएको छ। मंगलबार ६.१६ अंकको वृद्धिसहित २६४६.८४ अंक कारोबार भएको हो। यसअघि गत साउन ९ मा लगातार ६ दिन परिसूचक बढेको थियो।
मंगलबार १२५ कम्पनीका सेयर मूल्य बढेको छ भने १०८ कम्पनी घटेको छ। १० कम्पनीको सेयर मूल्य भने अपरिवर्तित छन्। सिन्धु विकास बैंक लिमिटेडले सबैभन्दा धेरै १६ करोड ९२ लाखन रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र साहस ऊर्जा लिमिटेड क्रमशः १४ करोड ५९ लाख र १४ करोड ४९ लाख रुपैयाँको कारोबार गरेका छन्।
मंगलबार तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ।
लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन्। सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ। विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बिमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।